Share this News on Social Networking Pages

बुटवल,५ जेठ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जनाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ की ८० वर्षिया महिला रहेकि छन् ।

बैशाख २८ गेते देखि अस्पतलको इमर्जेन्सीमा वार्डमा उपचार गराईरहेकी उनको आज बिहान ६ः५८ बजे मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको आेमसतियाका ४७ वर्षिय पुरुषको पनि आज बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

यसैबीच बुटवलको धागो कारखानामा संचालित कोरोना विशेष अस्पतालमा गयराती मात्रै ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।