Share this News on Social Networking Pages

बुटवल,५ जेठ । नवलपरासी (पश्चिम) को भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय रहेका छन् ।

भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि बुधबार बिहान साढे ९ बजेतिर प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

प्रहरीले गोली चलाएपछि स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयको भनाइ छ ।

घटनाबारे सशस्त्र प्रहरीले भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।