बुटवल,४ जेठ । बुटवलका १४१ जना सहित मंगलबार रुपन्देहीमा थप ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका बिभिन्न पीसीआर प्रयोगशालाहरुमा ८८८ नमुना परीक्षण गर्दा ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ६५३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा यसै अवधीमा ५ जनाको मृत्यु भएको छ भने ७७८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जना,ओमसतिया गाउपालिकामा ९ जना,सियारी गाउपालिका र सुद्वाेधन गाउपालिकामा ५/५ जना,गैडहवा गाउपालिका र कञ्चन गाउपालिकामा २/२ जना तथा काेटहिमाई गाउपालिका,मायादेवी गाउपालिका र राहिणी गाउपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ७७८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म १७ हजार ४३ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप ५ जना काेराेना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३६७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
साेमबार झण्डै २८ प्रतिशतका दरले संक्रमण पुष्टि भएकोमा आज सो अनुपात बढेको छ । आज करिव ४० प्रतिशतका दरले संक्रमित थपिएका छन् । जिल्लामा मृत्युदर भने घटेको छ ।
रूपन्देहीमा साेमबार ११ जनाको मृत्युु भएकोमा मंगलबार भने ५ जनाको मात्रै मृत्यु भएको हो ।