Share this News on Social Networking Pages

बाँके,४ जेठ । बाँकेमा उपचाररत थप ९ जना काेराेना संक्रमितको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टा यता बाँकेका विभिन्न अस्पतालहरूमा उपचाररत क्रमितहरुको मृत्‍यु भएको हो।

मृतकमध्ये ४ जना बाँकेका र सुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १/१ जना रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१० बाँकेकी ६२ वर्षीया महिलाको सोमबार साँझ ७:४५ बजे, बाँकेकै खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरूषको मंगलबार विहान ४:३० बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-2 का ५१ वर्षीय पुरुषको मंगलबार विहान ८: ३० बजे र नेपालगञ्‍ज उपमहानगरपालिका-१९ बाँकेका ५७ वर्षीय पुरूषको मंगलबार विहान ८: ४५ बजे मृत्यु भएको छ ।

यस्तै गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३:४५ बजे मृत्‍यु भएको छ भने शिवराज नगरपालिका-५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४:३० बजे मृत्‍यु भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८:० बजे मृत्‍यु भएको छ भने मधुवन नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति ९:१५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका-१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८:४० बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

यससँगै बाँके जिल्लाका २४४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै बाँके जिल्लामा बाहिरि जिल्लाबाट उपचारका लागि आएका १९९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।