काठमाण्डाै,४ जेठ । कोरोना भाइरस संक्रमणका कारण काठमाण्डौ उपत्यकासहित २० जिल्ला अति जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालन्यले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर,रुपन्देही, बाँके, दाङ, चितवन, काभ्रे, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, कैलाली, कास्की,
मोरङ,सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा छन् । यी जिल्लाहरुमा संक्रमितको संख्या धेरै रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार भन्दा बढी रहेको छ ।

१ हजार २ सय ५९ आईसीयू र ४ सय सङ्क्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश-२ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा ५ सय २९ जना आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन्।

हाल देशभर ७ सय ८ क्वरेण्टीनमा रहेका छन्