बुटवल,३ जेठ ।
बुटवल उपमहानगरपालिकाका १६४ सहित रुपन्देही जिल्लामा साेमबार थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३३६ जनाको पीसीआर परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार २५४ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार साेमबार,बुटवल उपमहानगरपालिकाका १६४ जना,तिलोत्तमा नगरपालिकाका ७६ जना,सैनामैना नगरपालिकाका ३३ जना,देवदह नगरपालिकाका ३१ जना,सिद्धार्थनगर नगरपालिकाका २८ जना,सियारी गाउपालिकाका ११ जना,ओमसतिया गाउपालिकाका १० जना, सुद्धोधन गाउपालिकाका ९ जना,मायादेवी गाउपालिकाका ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र कञ्चन गाउपमलिकाका ३/३ जना,गैडहवा गाउपमलिकाका २ जना तथा राेहिणी गाउपालिका र सम्मरिमाइ गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा हालसम्म १६ हजार २६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयले यसअघि मृत्यु भएर गणना हुन बाँकी रहेका १ जना सहित ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
जिल्लामा हालसम्म ३६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा ६ हजार ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।