बुटवल,३१ वैशाख ।
तिलाेत्तमा नगरपालिकाका १६५ सहित रुपन्देही जिल्लामा शुक्रबार थप ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १४७८ जनाको पीसीआर परीक्षण गर्दा ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ५३९ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार तिलोत्तमा नगरपालिकाका १६५ जना,बुटवल उपमहानगरपालिकाका १५४ जना, सियारी गाउपालिकाका ५५ जना,सिद्धार्थनगर नगरपालिकाका ४५ जना,सैनामैना नगरपालिकाका ३० जना,देवदह नगरपालिकाका २६ जना, कञ्चन गाउपालिकाका १६ जना,ओमसतिया गाउपालिकाका १० जना, सुद्धोधन गाउपालिकाका ६ जना,मायादेवी गाउपालिकाका ४ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ जना र काेटहिमाइ गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा हालसम्म १३ हजार ७९४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयले यसअघि मृत्यु भएर गणना हुन बाँकी रहेका १ जना मृतक सहित आज ९ जनाकाे मृत्यु भएको पुष्टि गरेको छ ।
जिल्लामा हालसम्म ३३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ७ हजार ४०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।