काठमाडौं,३१ वैशाख ।
नेपालमा शुक्रबार थप ८ हजार ५ सय २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ गरि ८ हजार ५ सय २० जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ३५ जना काेराेना संक्रमीत निकाे भएर डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म तीन लाख २७ हजार ६५३ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा थप २ सय ३ जना काेराेना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतककाे संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयू र ३७१ जना भेन्टिलेटरमा उपचाररत रहेकाे मन्त्रालयले जनाएको छ ।