बुटवल,३० वैशाख ।
बुटवल उपमहानगरपालिकाका १९४ सहित रुपन्देही जिल्लामा बिहीबार थप ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १२९७ पीसीआर परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २० हजार ५३१ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका १९४ जना, तिलोत्तमा नगरपालिकाका १३० जना, सिद्धार्थनगर नगरपालिकाका ४५ जना,सैनामैना नगरपालिकाका ४१ जना,देवदह नगरपालिका र कञ्चन गाउपालिकाका २०/२० जना, सियारी गाउपालिकाका ११ जना,कोटहीगाउपालिकाका ९ जना,आेमसतिया गाउपालिकाका ८ जना, सुद्धोधन गाउपालिकाका ५ जना, गैडहवा गाउपालिकाका ४ जना,मायादेवी गाउपालिकाका ३ जना,राेहिणाि गाउपालिकाका २ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका र सम्मरिमाइ गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा हालसम्म १३ हजार २२८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म ३२७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ७ हजार ४७० जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।