काठमाडौ,३० वैशाख ।
नेपालमा बिहीबार थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ४७४
पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमीत निकाे भएर डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म ३ लाख २१ हजार ५१८ जना काेराेना संक्रमित निकाे भएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप २१४ जना काेराेना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ४ हजार ४६६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।
दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि
देशका ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएपनि संक्रमित हुने क्रम भने रोकिएको छैन ।