Share this News on Social Networking Pages

बाँके,३० वैशाख । बाँकेमा गयरातिदेखि थप ९ जना काेराेना संक्रमितको मृत्यु भएको छ । बुधबार रातिदेखि बिहानसम्म थप ९ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मृत्यु हुनेमा बाँके, बर्दिया र दाङका गरि ९ जना रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१ की ४३ वर्षीया महिलाको भेरी अस्पतालमामा मृत्यु भएको छ । १९ गते अस्पताल भर्ना भएकि उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दिया राजापुर नगरपालिका–६ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दियाकै गुलरिया नगरपालिका–८ की ३२ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख १७ गते भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २९ गते भर्ना गरिएको थियो ।

यस्तै बैजनाथ गाउापालिका–६ का ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका–५ की ३५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २९ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरि, डुडुवा गाउँपालिका–३ की ५० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २८ गते भर्ना गरिएको थियो ।

नरैनापुर गाउँपालिका–५ का ४२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २८ गते भर्ना गरिएको थियो ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१२ की ७५ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २८ गते भर्ना गरिएको थियो ।

यससँगै बाँके जिल्लाका हालसम्म २१३ जना काेराेना संक्रमितको मृत्यु भएको छ भने अन्य जिल्लाबाट उपचारका लागि आएका १६३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।