Share this News on Social Networking Pages

काठमाण्डाै,३० वैशाख । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

पार्टी हितविरुद्ध लागेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पनि प्रवक्ता ज्ञवालीले बताए ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेका बेला एमाले स्थायी कमिटी बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।