बुटवल,२९ वैशाख ।
रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सिफारिसका आधारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामङले निषेधाज्ञाकाे समय जेठ १३ गते विहान ६ बजेसम्म थप गरेका हुन् ।
बुधबार बसेकाे जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।
यसअघि कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी ३० गते बिहान ६ बजे सम्म लागु हुने गरि रुपन्देहीमा निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा अवधिमा अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ।