काठमाडौं,२९ वैशाख । नेपाल मा बुधबार थप ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा मात्रै गएको २४ घण्टामा ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन हजार दुई सय ५०, भक्तपुरमा दुई सय २६ र ललितपुरमा चार सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा थप ४ हजार चार सय ४४ जना कोरोना संक्रमित निकाे भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।