Share this News on Social Networking Pages

बुटवल, २९ बैशाख । नेपाली कांग्रेस रूपन्देहीले आफ्नो पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मिहरूलाई प्रयोग गर्न दिएको छ ।
रुपन्देहिको भैरहवा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरि बुधबार देखि भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मिलाइ अस्थायी रुपमा आवासकोलागी दिइएको नेपाली कांग्रेस रून्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

कोरोना महामारीका कारण अस्पतालहरुमा बिरामिको लागि बेड अभाव भैरहेको अबस्थामा यस अघिनै कांग्रेस रुपन्देहिले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितकोलागी आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । सोही बमोजिम भिम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिको असुबिधालाइ मध्यनजर गरि बेड समेत तयार पारी आबासको रुपमा प्रयोगमा ल्याइएको सभापति रज्जाकले बताए । पार्टी कार्यालयमा आबस्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य सस्थाले समेत प्रर्योगमा ल्याउन सक्ने समेत उनले जानकारी दिए ।