Share this News on Social Networking Pages

बुटवल,२९ वैशाख ।
रूपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले आफै अक्सिजनको व्यवस्था गर्न
बिरामीका आफन्तलाई आग्रह गरेको छ ।

अस्पतालमा अक्सिजन अभाव भएकाे जनाउँदै अस्पतालले सूचना जारि गरि अक्सिजनकाे व्यवस्था आफै गर्न आग्रह गरेको हो ।
बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने अस्पतालद्वारा जारी सूचनामा जनाइएको छ।

अक्सिजन आपूर्तिका लागि पहल गर्दा पनि उपाय नलागेको भन्दै अस्पतालले बिरामीलाई आफैं अक्सिजन व्यवस्थापन गर्न भनी सूचना जारी गरेको छ ।

सूचनामा बुधबार दिउँसो ३र४ बजेसम्म मात्र अक्सिजन पुग्ने भन्दै त्यसपछि आफैंले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘अक्सिजन आपूर्तिका लागि १ हप्ता अगाडिदेखि अहोरात्र खटिई विभिन्न उपाय अवलम्बन गर्दा समेत आपूर्तिमा कठिनाइ भएको छ, यहाँका सबै उद्योगबाट मात्र नपुगी अन्य जिल्लादेखि समेत पहल गर्दा अक्सिजन पुर्‍याउन नसकेकाले यो समस्याबाट हुन सक्ने भवितव्यलाई मध्यनजर गरी स्वयम् अक्सिजन व्यवस्थापन गर्न आग्रह गर्दछौं सूचनामा भनिएको छ ।
माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर अस्पतालमा नयाँ बिरामी भर्ना बन्द गरिएको थियो ।