Share this News on Social Networking Pages

बुटवल,२८ वैशाख । रूपन्देही र बाँकेमा गएराति मात्रै १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालकाे इमर्जेन्सी वार्डमा गयराति ५ जना संक्रमितको मृत्यु भएको हो । त्यस्तै बाँकेमा गयराति मात्रै थप १२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै मृत्यु भएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको मृत्यु भइसकेको छ ।