Share this News on Social Networking Pages

बुटवल,१६ बैशाख ।
निषेधाज्ञाको समयमा कालोवजारी गर्ने, बजारमा कृत्रिम अभाव श्रृजना गर्ने र बढी मुल्य लिए÷नलिएकोे बिषयमा उपभोक्ता हित संरक्षण मन्चले निगरानी गर्ने भएको छ ।

उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहा नगरपालिकाका अध्यक्ष समुन्द्र जिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा तीव्रगतिमा फैिलएको कोरोनाको दोस्रो लहरको समयमा कृतिम अभाव तथा कालो बजारीको संकेतहरु देखिन लागेको भन्दै सबै सरोकारवाला सजग रहन आग्रह गरे ।

नेपालमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरु तीन महिनासम्मको लागि स्टक रहेको र वस्तु आयात नरोकिएको हुँदा वर्तमान अवस्थामा बजारमा अभाव नहुने भन्दै मञ्चले उत्पादक, संचयकर्ता, ढुवानीकर्ता र वितरकहरुसँग अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै बजारमा सन्तुलन कायम गर्न आग्रह समेत गरेको छ ।

अध्यक्ष जिसीले नेपालमा कोरोनाको दोस्रो लहरको गम्भीर प्रभाव देखिए भन्दै अस्पतालहरुमा अक्सिजन सिलिण्डर, आइसियू कक्ष, भेन्टिलेटर सुविधा र जनशक्ति बढाउन माग गरे ।

उनले हरेक नागरिकले मास्क लगाउन, सावुन पानीले हात धुन र सेनिटाइजरको उचित प्रयोगमा ध्यान दिन सुझाव समेत दिएका छन ।

सीमा क्षेत्रमा आवत जावतको समयमा स्वास्थ्य परीक्षणमा ध्यान पुराउनु पर्ने र विदेशबाट स्वदेशमा आउने दिदीबहिनी दाजु भाइलाई सुरक्षित रुपमा क्वारेन्टाइनसम्म पु–याउनु पर्ने भन्दै आवश्यक परेमा आफूहरु सबै काममा सरकारलाई सहयोग पुराउन तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ् ।