Share this News on Social Networking Pages

बुटवल, १५ वैशाख ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञा बैसाख १६ गते बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्म लागू हुने भएको छ ।

यसअघि बिहिबार बिहान १ वजेदेखि निषेधाज्ञा लागु हुने भनिए पनि रुपन्देही हुँदै राजधानी काठमाण्डौ लगायत देशका बिभिन्न ठाउँहरुबाट अन्य जिल्लामा जान हिडेका यात्रुहरु बीच बाटोमै रोकिन सक्ने सम्भावनालाई दृष्टिगत गरी बिहान ६ बजेदेखि मात्रै लागु गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला आशमान तामाङद्धारा जारी निषेधाज्ञामा निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने जनाइएको छ ।

अतिआवश्यक बाहेकका अन्य सबै पसल व्यवसाय भने बन्द हुनेछन्। यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले १६ बैसाखदेखि निषेधाज्ञा लगाउन मंगलबार नै सिफारिश गरेको थियो ।