Share this News on Social Networking Pages

बुटवल, १४ बैशाख ।
लुम्बिनी प्रदेश सभाको बिशेष अधिबेशन आगामी बैशाख १९ गतेका लागि डाकिएको छ ।

प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र अनुसार १९ गते आईतबार दिनको ठिक १ बजे बस्ने गरि प्रदेश सभाको बिशेष अधिबेशन आव्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत बैशाख ६ गते नेपाली काँगे्रस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी लगाएतका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेश सभामा अबिश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

सोही दिन बिपक्षी प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा बिशेष अधिबेशन बोलाउन माग गर्दै समाबेदन गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध प्रदेश सभामा पेश भएको अबिश्वास प्रस्तावमाथि छलफल गर्नका लागि बैठक आब्हान गरिएको हो ।

बिशेष अधिबेशन सम्बन्धमा पत्र प्राप्त भैसकेको र सभामुखसँग छलफलपछि सुचना प्रकासित गर्ने तयारी भैरहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।