बुटवल, १२ बैशाख ।
रुपन्देहीको कोटिहवामा टिप्परले जन्ती बसलाई ठक्कर दिदा २ बालिकाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ६ जना गम्भिर घाईते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा १५ कि १० बर्षकी सरस्वती हरीजन र ८ बर्षकी गंगा हरिजन रहेको प्रहरीले बताएको छ ।
भैरहवा बाट बुटवलतर्फ आउदै गरेका जन्ती बोकेको लु १ ख ९६८५ नम्वरको बसलाई भैरहवाबाटै बुटवल आउदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडीबाट ठक्कर दिएको हो ।
टिप्परले पछाडीबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रीत भई लु २ च ७०७२ नं बलेरो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाईते भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाईते टिप्पर चालकको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको मणिग्राम स्थीत क्रिमसन अस्पतालमा उपचार भई रहेको छ ।
दुर्घटना पछि ट्राफिक प्रहरीले सो क्षेत्रमा टिप्परको आवत जावतमा रोक लगाएको छ । बुटवलबाट भैरहवा तर्फ जाने टिप्परहरु योगिकुटीमा रोकिएका छन भने भैरहवाबाट बुटवल तर्फ आउने टिप्परहरु भैरहवाकै अञ्चलपुरमा रोकिएका छन ।