बाँके,९ वैशाख ।
बाँकेमा बिहिबार थप एक जना कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगंज उपमहानगरपालिका–१७ निवासी ८६ वर्षीया महिला रहेकी छन् ।
उनको नेपालगंज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा आज बिहान २ बजेर १५ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यससँगै बाँकेमा कोरोना संक्रमित मृतकको संख्या ६७ पुगेको छ ।