Share this News on Social Networking Pages

बुटवल,६ वैशाख ।
नेपालमा सोमबार थप १ हजार २ सय २७ जनामा कोरोना संक्रमण भएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १ पीसीआर परीक्षण गर्दा १ हजार २ सय २७ जना र ५ सय ४७ एन्टिजेन परीक्षणबाट ५४ जना गरी १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।

२४ घण्टामा थप २५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ७५ हजार ५५५ जना कोरोना संक्रमित निको भएका छन् ।

सोही अवधिमा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २ सय ५४ छन् भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् ।