काठमाडौँ,५ बैशाख ।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ७५ हजार तीन सय जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म तीन हजार ८३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६ हजार दुई सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमित मध्ये ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् ।
हाल देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।