Share this News on Social Networking Pages

नवलपरासी,५ बैशाख । गयराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर दाउन्नेमा भएको बस दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईलाम बस्ने २५ वर्षीय धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका-५, घर भएर विनयी त्रिवेणी गाउँपालिका-२, गुम्बामा बस्ने ५७ वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका-२५, बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।

दुर्घटनामा घाइते भएका २८ जनाको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । ना ५ ख ७००० नम्बरको बस हिजो बेलुका नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२, दाउन्नेमा सडकबाट करिब २ सय मिटर तलखसि दुर्घटना भएको थियो ।