बुटवल,४ बैशाख ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बस दाउन्नेमा दुर्घटना हुँदा ३१ यात्रु घाइते भएको छ ।
ना ५ ख ७००० नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित राजमार्गबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुदा ३१ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २१ जनाको डण्डा अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।