Share this News on Social Networking Pages

बुटवल,४ बैशाख । पत्रकार महासंघलाई सबै श्रमजिवी पत्रकारहरुले अपनत्व गर्ने संस्थाको रूपमा बिकास गर्नुपर्नेमा यस क्षेत्रका अग्रज पत्रकारहरूले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रममा बोल्दै उनिहरूले चुनावका क्रममा भएका प्रतिष्पर्धा र प्रतिद्धन्दीतालाई भुलेर महासंघलाई सबै श्रमजिवी पत्रकारहरुले अपनत्व गर्ने संस्थाको रुपमा अगाडी बढाउनुपर्ने कुरामा जोड दिएका हुन् ।

महासंघ सबैखाले पत्रकारहरुको छाता संगठन भएको भन्दै उनिहरुले चुनावमा जुनसुकै संगठनबाट प्रतिनिधित्व गरे पनि निर्वाचित भएपछि सबै पत्रकारहरुको साझा नेतृत्व भएकोले नवनिर्वाचित कार्यसमितिले सोही अनुसारको व्यवहार गर्नुपर्ने आवस्यकता औल्याए ।

पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसीको सभापतित्वमा सम्पन्न
कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईं,बिनोद पहाडी,दिपक ज्ञवाली,महासंघका पुर्व केन्द्रीय सदस्य नारायण सापकोटा, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का महासचिव, संसदीय मामिला पत्रकार समाज लुम्बिनी अध्यक्ष बिष्णु घिमिरे, पत्रकार महासंघ रूपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोखरेल,पत्रकार महासंघ रूपन्देहीका निवर्तमान उपाध्यक्ष दिनेश पाण्डे,नवनिर्वाचित सचिव विनोद परियार,निवर्तमान सचिव राम प्रसाद आचार्य,नेपाल प्रेस युनियन रूपन्देही सभापति रेखा भुसाल,प्रेस चौतारी नेपाल रूपन्देही उपाध्यक्ष लक्षमण पौडेल,प्रेस संगठन नेपाल रूपन्देही संयोजक कमल रायमाझी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी,सञ्चारिका समूह लुम्बिनी निरू गौतम, डब्ल्यु डब्ल्यु जे रूपन्देही अध्यक्ष कल्पना तिवारी,जन पत्रकार संगठन रूपन्देही अध्यक्ष शिव डुम्रे, प्रगतिशील पत्रकार संघ रूपन्देही सचिव डिआर बन्जाडे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै पत्रकार महासंघलाई साझा चरित्रको रूपमा अगाडि बढाउन आग्रह गरे ।