Share this News on Social Networking Pages

बुटवल, ३ बैशाख ।
बुटवलका १९ सहित रुपन्देहीमा शुक्रबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ३ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १४ महिला र २२ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका १९ जना, सिद्धार्थनगर नगरपालिकाका ११ जना, तिलोत्तमा नगरपालिकाका ३ जना, सैनामैना नगरपालिकाका २ जना र सुद्धोधन गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ८ हजार ९ सय ९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा २२६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।