काठमाण्डाै,१ बैशाख । नेपालमा बुधबार थप ६ सय तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा काेराेना संक्रमितको संख्या दुई लाख ८१ हजार ५ सय ६४ पुगेको छ ।
बुधवार काेराेना पुष्टि भएका संक्रमित मध्ये काठमाण्डौ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना काेराेना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७४ हजार ४ सय ४७ जना काेराेना संक्रमित निको भएका छन् ।
पछिल्लाे २४ घण्टामा तीन जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म तिन हजार ६१ जना काेराेना संक्रमितको मृत्यु भएको छ

हाल देशभर चार हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।