Share this News on Social Networking Pages

काठमाडौं,३१ चैत ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको शाहले बताएका छन् ।

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै भनेका छन्, ‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ ।’

राजनीतिक नैतिकता,जनताप्रतिको उत्तरदायित्व,निष्ठा र इमान्दारी हामि सबैमा हुनुपर्छ भन्दै सन्देशमा उनले एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएको उल्लेख गरेका छन् ।

पितापूर्खाहरुले निर्माण गरेको नेपालको साझा फूलबारीलाई सबैले एकतावद्ध भएर जोगाउने पूर्व पूर्वराजाले बताएका छन् । उनले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको बताएका छन् ।