गुल्मी, ३१ चैत ।
नुहाउने क्रममा खोलामा डुबेर गुल्मीको मदानेमा दुईजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विक रहेका छन् ।
जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा एक्कासि पानिमा डुबि बेहोस अवस्थामा फेला पारेका उनिहरुलाई आफन्तहरुले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउदै गरेको प्रहरी नायव उपरिक्षक पाण्डेयले बताए ।