Share this News on Social Networking Pages

बुटवल,३१ चैत ।
देशभर समानान्तर कमिटी गठन गर्ने अभियानमा रहेको नेकपा एमालेको खनाल–नेपाल समूहले रुपन्देहीमा पनि समानान्तर कमिटी बिस्तार गरेको छ ।

समूहले यसअघि प्रचण्ड–माधव पक्षको नेकपाको अध्यक्ष समेत रहेका राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो ।

पार्टीको बिस्तारित बैठकले मंगलबार एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

बैठकले क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो ।

यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ ।