काठमाडौं,३१ चैत ।
नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीकाे चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले संगठन र संघर्ष सम्बन्धी कामबारे वैशाख र जेठमा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्नेलगायतका निर्णय गरेको छ ।