Share this News on Social Networking Pages

काठमाडौं, ३० चैत ।
आमाको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए ।

आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । उनलाई चैत २२ गते प्रहरीले पक्राउ गरेको थियो ।

उनले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दाबी गरिएको छ । यस्तै सृजना फाइनान्स र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीको दाबी छ ।