Share this News on Social Networking Pages

बुटवल,३० चैत ।
बुटवलका १६ सहित रुपन्देहीमा सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार २ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बुटवलका १६ सहित रुपन्देहीमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका १६ जना,तिलोत्तमा नगरपालिकाका ६ जना,सिद्धार्थनगर नगरपालिकाका ५ जना र सैनामैना नगरपालिकाका २ जना र मर्चवारी गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ८ हजार ९ सय ७८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १२१ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।