बुटवल,२९ चैत ।
रुपन्देहीको सैनामैनामा बसले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतवार बिहान सालझण्डीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका १८ वर्षका सञ्जय खनाल र २१ वर्षका सञ्जय खनाल र फिरोज केसी को मुत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।