Share this News on Social Networking Pages

काठमाडौं,२९ चैत ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रमंको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक, लिम्पियाधुरा समेटिएको भूभागसहितको चुच्चे नक्सा गायब भएपछि सामाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ ।