रुपन्देहीको मायादेवीमा अन्य पार्टी छाडेर १६ सय जना कांग्रेसमा प्रवेश
बुटवल,२८ चैत ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारको अन्त्य जरुरी भएको बताउनु भएको छ ।
शनिबार रुपन्देहीको मायादेवीमा आयोजित कांग्रेसको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसको ओली नेतृत्वको सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म नभाचेको भन्दै ओली सरकारलाई तत्काल हटाउनु पर्नेमा जोड दिए ।
कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास भैरहेको भन्दै उनले कांग्रेस नेतृत्वमा तीन दलको सरकार बनाएर चुनावमा जानुपर्ने बताए ।
ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनास हुने उनको भनाई थियो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली मधेस र मधेसी जनताको बिरोधी भएको आरोप लगाए ।
कार्यक्रममा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरत शाह,संघीय सांसद प्रमोद यादव,लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्यीन खाँन,प्रदेश सभा सदस्य अष्टभुजा पाठक,वसिउद्यीन खाँन,पुष्पा चौधरी,पूर्व राज्यमन्त्री अब्दुल रज्जाक लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा अन्य पार्टी छाडेर १६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नव प्रवेशीहरुलाई महामन्त्री शशांक कोइराला,प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुले सदस्यता प्रदान गरेका थिए ।