Share this News on Social Networking Pages

गुल्मी, २८ चैत ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै लु २३प ५०६७ नम्बरको मोटरसाइकल शुक्रबार राति गुल्मीदरबार गाउँपालिका –७ घुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक सुरक्षा वालमा ठोक्किएर मोटरसाइकल सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।