बुटवल,२१ चैत ।
नेपाल अटो मेकानिक्स व्यवसायी महासघको १३ औ बार्षिक साधारण सभा तथा पाँचौ महाधिबेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
महाधिवेशनले जनार्दन गैरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।
उपाध्यक्षमा कमल गौतम, कुल वहादुर नेपाली, गोपाल भटृराई, महासचिमा टिकादत्त अधिकारी कोषाध्यक्षमा मातृका सापकोटा र सचिवमा ज्योति भण्डारी निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद ढुगाानाले बताउनु भयो । महासघको कार्यसमिती सदस्यमा १० जना निर्वाचित भएका छन ।
१३ औ बार्षिक साधारण सभा तथा पाँचौ महाधिबेशनको शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लीला गिरीले उद्घाटन गरेका हुन् ।
महासंघका अध्यक्ष यमप्रसाद भुषालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल च्याम्वर अफ कमर्सका केन्द्रीय सदस्य टंक पोखरेल,महासंघका उपाध्यक्षद्धय जनार्दन गैरे र गोपाल भट्टराई महासचिव ठाकुर न्यौपाने,सचिव ज्योती भण्डारी, बुटवल उद्योग बाणिज्य सघका उपाध्यक्ष टंक गैरे, बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डे, पश्चिम नेपाल वस समितका अध्यक्ष दधिराम खरेल लगायतले अटो मेकानिक्स व्यवसाय आफैमा स्वरोजगारमूलक व्यवसाय भएको भन्दै व्यवसायलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थियो ।