बुटवल,२१ चैत ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय सानोपामा साँझ ८ बजे सुरु भएको उक्त बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘प्रधानमन्त्रीको राजीनमासँगै कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ, अन्य भएका निर्णय विस्तृत रूपमा प्रकाशन गर्नेछाैं।’
दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि सुरु भएको हो। पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीबीच अनौपचारिक रुपमा दिउँसो छलफल चलेको थियो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेताहरूबीच समूहगत रुपमा छलफल भएको पनि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।