Share this News on Social Networking Pages

‘प्रदेश सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा संचालन र सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समितिबाट पारित
प्रकाश खनाल
बुटवल,२१ चैत ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु भएसँगै बिषयगत समितिहरुको सक्रियता बढेको छ ।

प्रदेश सभाको सातौं अधिवेशन सुरु भएको तेस्रो दिन शुक्रबार दुई वटा समितिका बैठक बसेर बिभिन्न बिधेयकहरुमाथि छलफल भएको छ ।

शुक्रबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल सहित बसेको सामाजिक विकास समितिको बैठकले ‘प्रदेश सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा संचालन र सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ ।

विधेयकमाथि दफावार छलफल पछि सामान्य संसोधन सहित पारित गरेको समितिका सचिव दीवाकर पन्थीले जानकारी दिए ।

समितिका सभापति दृग नारायण पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकमा सामाजिक विकास मन्त्री बराल सहित समितिका सदस्यहरु अर्जुन कुमार के.सी.,अर्जुन कुमार श्रेष्ठ, अष्टभुजा पाठक,कमला देवी वि.क.,तेज वहादुर वली,दीपा वि.क.,दिपेश थारु,अजय शाही,पुरन मान वज्राचार्य,बाबु राम गौतम र रिना नेपाल वि.क.ले विधेयकमाथि आ आफ्नो सुझाव दिएका थिए ।

बैठकले कोरोना भाइरसको दोस्रो लहरलाई मध्यनजर गरी त्यसको रोकथाम,नियन्त्रण तथा उपचारको तयारी गर्न मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

यसैबिच शुक्रबारै बसेको प्रदेश मामिला तथा कानून समितिको बैठकमा ‘प्रदेश बहुप्राविधिक प्रतिष्ठानको स्थापना,संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल सुरु गरेको छ ।

समिति सभापति दामा कुमारी शर्माको सभापतित्वमा भएको बैठकमा समितिका सदस्य प्रदेश सभा सदस्यहरु तुलाराम घर्तीमगर,भुवनेश्वर चौधरी,भोज प्रसाद श्रेष्ठ,रमा अर्याल,भगवती देवी भण्डारी,सरस्वती गौतम,बिमला कुमारी खत्री,चिन्तादेवि कुर्मीले दफावार छलफलमा सहभागिता जनाएका थिए ।

बैठकमा मुख्यमन्त्र्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिब भरतमणी सुवेदी,कानून सचिब राजेन्द्र थापा,भौतिक पूर्वाधार विकास मन्त्रालयका कार्किटेक्ट इन्जिनियर बासु पौडेल लगायतका अधिकारीहरुको सहभागिता रहेको समितिका सचिब सीता घिमिरेले जानकारी दिइन् ।

लुम्बिनी प्रदेश सभामा गठित बिषयगत समितिहरु प्राय प्रदेश सभा बैठक जारी रहेको अवस्थामा क्रियाशील हुने गरेका छन् ।