Share this News on Social Networking Pages

बुटवल,१८ चैत । नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि रुपन्देहीमा क्रियाशील पाँच पत्रकार संगठनहरुकाे संयुक्त प्यानल खडा हुने भएको छ ।
जिल्लामा क्रियाशील पाँच पत्रकार सम्वद्व संघ संगठनहरूकाे मंलवार बुटवलमा बसेको भेलाले चैत्र २५ गते हुन लागेको महासंघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानल बनाई निर्वाचनमा जाने निर्णय गरेको हो ।

पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्न संयुक्त रुपमा निर्वाचनमा जान सहमती भएको उल्लेख गरिएको भेला पछि जारी विज्ञप्तिमा जनाइएको छ।

नेपाल प्रेस यूनियन,रुपन्देही सभापति रेखा भुसाल, प्रेस संगठन नेपाल, रुपन्देहीका संयोजक कमल रायमाझी, प्रेस चौतारी नेपाल, रुपन्देही संयोजक विनोद परियार, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सचिव डी. आर. बन्जाडे, र क्रान्तिकारी पत्रकार महासंघ, रुपन्देही अध्यक्ष– टेक बहादुर मास्की रानाद्धारा जारी विज्ञप्तीमा साझा भूमिका निर्वाह गर्दै अगाडि बढ्न नेपाल प्रेस यूनियनको नेतृत्वमा पत्रकार महासंघ रुपन्देही शाखाको निर्वाचनमा जाने उल्लेख गरिएको छ ।

नेकपा एमालेकाे ओलि निकट प्रेस चाैतारी नेपाल बाहेकका अन्य संघ संगठनहरूकाे संयुक्त प्यानल खडा भएको हो ।
युनियनको नेतृत्वमा चुनावमा जाने सहमति भए पनि युनियनले भने अध्यक्षकाे उम्मेदवार तय गरिसकेको छैन ।
अध्यक्षका लागि युनियन बाट यमलाल भुसाल,रामराज पाेखरेल,भवानी प्रसाद पाण्डे र हरिश ढकाल आकांक्षी देखिएका छन् ।