पाल्पा,१६ चैत ।
पाल्पाको तिनाउमा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहा रहेका छन् ।

आइतबार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँच गर्ने क्रममा उनको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा खानतलासी गर्दा गाहाको शरीरमा फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान फेला परेकोले लागुऔषध सहित गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।