बुटवल,११ चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ बाट पुरस्कृत भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै नेपाल नगरपालिका संघले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ बाट पुरस्कृत गरेको हो ।
संघको २८ औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।