Share this News on Social Networking Pages


सीमा मिचिदा राष्ट्रवादी सरकार कहाँ छ ?

काठमाण्डौ,१० चैत ।
सरकारलेनै संसद्को प्रभावकारिता नचाहेको सांसदहरूले आरोप लगाएका छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले सरकारले सदनलाई बिजनेस नदिएर संसद्को प्रभावकारिता नचाहेको बताएका हुन् ।

‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने टिप्पणी गरे । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, सांसद थापाले भने, ‘तर, हामी संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले संसद्लाई विघटन गर्ने गलत दृष्टिकोण राखेकोले संसद्को प्रभावकारी सञ्चालनमा ध्यान नदिएको बताइन् ।

उनले भनिन्, ‘संसद्लाई प्रभावकारी गराउने जिम्मा सांसदको होइन सरकारको हो । हामी त बैठकमा तोकिएको समयमा आएका छौँ तर सरकारले विधेयकहरू नै ल्याउँदैन, बिजनेस नै दिँदैन । कार्यव्यवस्था परामर्श समितिमा बसेर कार्यसूची निर्धारण गर्दैन भने त संसद् एक्लैले प्रभावकारी उपस्थिति हुने कुरा भएन । प्रधानमन्त्रीको यो संसद्लाई, नागरिकको प्रतिनिधिमूलक थलोलाई विघटन गर्ने नै छ । उहाँले अहिले पनि एउटा गलत दृष्टिकोण राखिरहनुभएको छ र यसको प्रभावकारी सञ्चालनको कुरामा ध्यान दिनुभएको छैन ।’

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपालको सीमा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा सरकार कहाँ छ भनी प्रश्न गरे ।

सांसद बडूले दार्चुलाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँ पारिपट्टी भारतले तीन महिनादेखि एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको बताए । ‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफुलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाषणमा मात्रै हो ?’ उनले प्रश्न गरे ।

‘दार्चुलाको लिपुलेक भारतमा प¥यो भनेर सरकारले नक्सा पारित ग¥यो । सबै राजनीतिक पार्टीले एकमतले पास ग¥यो’, उनले भने, ‘सरकारले लोगो माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि हामी लोगो लगाएर हिँड्ने ? लोगो मात्रै लगाएर हिँड्ने कि जमिन फिर्ता आउँछ ?’

कांग्रेसकै सांसद जीपछिरिङ लामाले ‘दार्चुलाको लिपुलेक कहिले फिर्ता आउछ भनि प्रश्न गरे ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्रीले भारतीय रअको मान्छेसंग भेटेको भन्दै प्रश्न उठाए । संसद पुनर्स्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहीन बनाएको पनि सांसद मोदीले आरोप लगाए ।

नेकपा एमालेका सांसद खगराज अधिकारीले भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र लक्षित टिप्पणी गरे, ‘अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?

एमालेका सांसद अधिकारीलाई माओवादी केन्द्रकी सांसद चाँद तारा कुमारीले जवाफ फकाईन, ‘असंवैधनिक रुपमा प्रतिनिधिसभा विघटन अति निन्दनीय थियो । त्यो भन्दा बढी निन्दनीय यही पुनस्र्थापित संसदमा आएर नैतिकताको पाठ सिकाउनु रहेको छ ।’

नेकपा एमालेकी सांसद तुलसा थापाले सीमामा नेपालको भूमि व्यापक अतिक्रमण भइरहेको बताइन् । बर्दिया जिल्लाको नेपाल भारत सीमानामा व्यापक तस्करी पनि भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोइ ? भन्ने प्रश्न गरिन् । दिनदिनै बलात्कार र हत्या हुँदासमेत सरकारले यो विषयलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ ।

‘दैनिक किशोरीहरुको बलात्कार गरी हत्या भइरहेको छ । यो सवाल सरकारको प्राथमिकतामा किन पर्दैन ?’ उनले सोधिन्, ‘निर्मला पन्तको हत्यारा खोइ ? कहिले पत्ता लाग्ने हो ?’