Share this News on Social Networking Pages

काठमाण्डौ,१० चैत ।
आज प्रतिनिधिसभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।