Share this News on Social Networking Pages

बुटवल,७ चैत ।
लुम्बिनीप्रदेश स्तरीय टिन लिडर २०७७ सिजन २ को बुटवल अडिसन शनिबार रुपन्देहीको ड्राइभरटोलमा सम्पन्न भएको छ ।
प्रदेशभरका आठ जिल्लाका करिब सयजना प्रतिस्पर्धिहरु सहभागि सो अडिसनबाट फाइनल प्रतिस्पर्धाको लागि पन्ध्र जना टिन लिडरहरु छनौट भएका छन् ।

निर्णायकत्रय डिल्ली नारायण पाण्डे, उप.प्रा.डा.तिलक भुसाल, तथा उप प्रा.जुलन गैरेले प्रतिस्पर्धीहरुलाई विभिन्न चार चरणका प्रतिपस्र्धाबाट छनौट गरेका हुन् ।

प्रदेशभरका कुना–काप्चादेखि शहरसम्म सुशुप्तअवस्थामा रहेका महिला, पुरुष र यौनिक अल्पसंख्यक किशोर–किशोरीहरुको प्रतिभा प्रष्फुटन तथा उनीहरुलाई समाजप्रति जवाफदेही बनाउन सस्थाले यस्ता किशोर तथा युवालक्षित कार्यक्रमहरु गर्दै आएको र त्यस मध्ये टिन लिडरसिजन २ एउटा उदाहरणीय कार्यक्रम भएको अध्यक्ष दिपक रोकाले बताए ।

कार्यक्रम संयोजक मदनप्रसाद पन्थीले करिब तीनमहिनाको अथकप्रयास तथा शुभेच्छुक सबैको सहयोगले अडिसन सफल भएको दाबी गरे ।

अडिसनबाट छानिएका पन्ध्र जनालाई सातदिने निशुल्क तालिम तथा तत्पश्चात उनीहरुलाई ग्रान्ड फिनालेमा समावेश गराइने उनले जानकारी गराए ।

चैत्र २१, ०७७ गते सम्पन्नहुने ग्रान्ड फिनालेको राज्य टेलिभिजन लगाएतका संचार माध्याममा प्रत्यक्ष प्रशारण हुने तथा विजेताले एकाउन्न हजार नगद सहित पुरस्कृत हुने तथा फाइनल प्रतियोगिताको मुख्य निर्णायकमा दिनेश डिसी रहने संयोजकले बताए ।

वित्त नियन्त्रक राजु अर्यालले भाइ कन्सल्टेन्सी अब्रोड बुटवल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, सिभिल बैक लि., अर्घाखाँची सिमेन्ट, हाइलाइफ फुड रुपन्देही लगाएतका सस्थाको प्रायोजन तथा बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिकाको प्रवर्धन,प्रदेशभरका शैक्षिक सस्थाहरु, नागरिक समाज, संचार जगत लगाएतको सहयोगले कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताए ।

आयोजक सस्था इन्टेलेक्ट एजुकेशन इन्स्टिच्युसन, बुटवलका अध्यक्ष दिपक रोकाको अध्यक्षता, इभेन्ट म्यानेजर राज के.सीको संचालन, कार्यक्रम संयोजक सह. प्रा. मदन प्रसाद पन्थी, वित्त नियन्त्रक राजु अर्याल, विभिन्न शैक्षिक सस्थाकाप्रधानाध्यापकतथाशिक्षकप्रतिनिधिहरु, सस्थाकाटिम सदस्हरु, प्रतिस्पर्धीहरु र पत्रकार लगाएतको उपस्तिथिमा रुपन्देहीको तिलोत्तमा अवस्थित होटल टुलिपमा अडिसन सम्पन्न भएको हो ।