Share this News on Social Networking Pages

काठमाडौं,७ चैत ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको केन्द्रीय कमिटीले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
कारबाहीमा पर्नेमा नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई प्रत्यायोजन समेत गरेको छ ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजनसमेत गरेको छ ।

अदालत निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ ।

यस्तै, बैठकले संसदीय दलको विधान अनुमोदनसमेत गरेको छ । पार्टीको निर्णयविपरीत चल्नेहरूलाई कारबाही गर्नका लागि विधान संशोधनका लागि कार्यदल गठन गरेको थियो ।