चितवन,६ चैत ।
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अबको दुई हप्ताभित्र काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
शुक्रबार चितवनमा पत्रकारसँगको भेटघाटमा उनले सरकार परिवर्तनको विषयमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए ।
अहिले काँग्रेस पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले माओवादी केन्द्रद्धारा सरकारलाई दिएको समर्थन रहिरहेका कारण केही समय लागेको प्रष्ट्याए ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।